माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबिच प्राथमिक शेयर निष्काशनमा सम्झौता पत्रमा हस्ताक्षर « Arthapath.com
२७ असार २०८२, शुक्रबार

माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबिच प्राथमिक शेयर निष्काशनमा सम्झौता पत्रमा हस्ताक्षर



काठमाडौं । माछापुच्छ्रे क्यापिटल तथा नर्थ समिट हाइड्रोबिच नर्थ समिट हाइड्रको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न आज २३ गतेका दिन सम्झौता पत्रमा हस्ताक्षर गरीएको हो ।

नर्थ समिट हाइड्रोले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ लाख ४० हजार कित्ताको प्रति शेयर अंकित मुल्य रु.१०० का दरले हुन आउने रकम रु.३८ करोड ४० लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रोको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नर्थ समिट हाइड्रोले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लीक कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्