आज बजारमा कस्तो छ तरकारी तथा फलफूलको भाउ ? « Arthapath.com
२७ असार २०८२, शुक्रबार

आज बजारमा कस्तो छ तरकारी तथा फलफूलको भाउ ?



काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले आज बिहिबारका लागि बिभिन्न दैनिकि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ९६.४० रुपैयाँ, लोकल सानो गोलभेडा प्रतिकेजी ६८.८० रुपैयाँ, रातो आलु प्रतिकेजी ३९.२५ रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ४० रुपैयाँ, तने बोडी प्रतिकेजी ३३ रुपैयाँ, मकै बोडी प्रतिकेजी ६० रुपैयाँ र भिण्डी प्रतिकेजी २७.६० रुपैयाँ थोक मूल्य रहेको छ ।

यस्तै रायो साग प्रतिकेजी ३७.६० रुपैयाँ, न्युरो प्रतिकेजी २२ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ६३.६० रुपैयाँ, पुदीना प्रतिकेजी १०२ रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६७ रुपैयाँ, कुरीलो प्रतिकेजी २९० रुपैयाँ, हरियो प्याज प्रतिकेजी १०० रुपैयाँ र पिंडालु प्रतिकेजी ८२ रुपैयाँ थोक मूल्य तोकिएको छ ।

आज झोले स्याउ प्रतिकेजी २४५ रुपैयाँ, केरा दर्जन प्रतिकेजी १४५ रुपैयाँ, हरिउो आँप प्रतिकेजी २२६.६७ रुपैयाँ, कालो अंगुर प्रतिकेजी २२६.६७ रुपैयाँ, लोकल लिच्ची प्रतिकेजी ११६ रुपैयाँ, रुख कटहर प्रतिकेजी ६० रुपैयाँ, भारतीय मेवा प्रतिकेजी १०२ रुपैयाँ र लोकल काक्रो प्रतिकेजी ३९ रुपैयाँ थोक मूल्य रहेको छ ।

सिताके च्याउ प्रतिकेजी ८६० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २९० रुपैयाँ, डल्ले च्याउ प्रतिकेजी २३० रुपैयाँ र कन्या च्याउ प्रतिकेजी १५४ रुपैयाँ थोक मूल्य तोकिएको कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्