सेप्टेम्बरदेखि दिल्ली–काठमाडौं उडान थप्दै स्पाइसजेट, दैनिक दुई उडान हुने « Arthapath.com
२८ असार २०८२, शनिबार

सेप्टेम्बरदेखि दिल्ली–काठमाडौं उडान थप्दै स्पाइसजेट, दैनिक दुई उडान हुने



काठमाडौं । भारतीय निजी वायुसेवा कम्पनी स्पाइसजेटले दिल्ली–काठमाडौं रुटमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ।

कम्पनीले आगामी सेप्टेम्बरदेखि दिल्ली र काठमाडौंबीच दैनिक दुईपटक गरी साप्ताहिक १४ उडान सञ्चालन गर्ने घोषणा गरेको छ। हालसम्म दैनिक एउटा उडान गर्दै आएकाे छ।

स्पाइसजेटका अनुसार, यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै नयाँ तालिकाअनुसार बिहान र बेलुका दुईवटै समयमा उडान सञ्चालन गरिनेछ। यसले व्यापारिक, पर्यटक तथा अन्य प्रयोजनका लागि नेपाल र भारत आवत–जावत गर्ने यात्रुहरूलाई थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सेवा विस्तारका लागि आवश्यक अनुमति प्रक्रिया अगाडि बढाइसकेको बताइएको छ।

विस्तारित उडान तालिकाले नेपाल पर्यटन क्षेत्र, स्वास्थ्य सेवा तथा व्यापार प्रवर्द्धन मा सकारात्मक प्रभाव पार्ने विशेषज्ञहरूको विश्वास छ। पर्यटन व्यवसायीहरूले भारतबाट आउने पर्यटकको संख्यामा वृद्धि हुने आशा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्