धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको विषयमा सरकारको रेडिमेट जवाफ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको विषयमा सरकारको रेडिमेट जवाफ



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा लामो समयदेखि अध्यक्ष पद रिक्त रहँदा पनि सरकारले नियुक्तिको प्रक्रिया अघि बढाउन ढिलाइ गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट अध्यक्ष नियुक्त हुने आम अपेक्षा थियो, तर यो विषय एजेन्डामा पर्न सकेन ।

बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलसँग पत्रकारहरूले रिक्त अध्यक्ष पदको नियुक्तिबारे जिज्ञासा राखेका थिए । मन्त्री पोखरेलले ठोस समयसीमा दिनुको साटो सधैंझैं “आवश्यक प्रक्रिया पूरा गरेर चाँडै नियुक्ति हुन्छ“ भन्ने रेडिमेट जवाफ फर्काए ।

विगत दुई महिना भन्दा बढी समयदेखि धितोपत्र बजारको नियामक निकाय सेबोन नेतृत्वविहीन हुँदा बजारका महत्वपूर्ण निर्णयहरू प्रभावित भएका छन् । सरकारले पटक–पटक प्रक्रियाको कुरा गरे पनि ठोस निकास दिन नसक्दा लगानीकर्ता र सरोकारवालाहरूमा थप अन्योल सिर्जना भएको छ ।

सरकारले छनोट समिति गठन गरेर अन्तर्वार्ता लगायतका प्रक्रिया अघि बढाए सिफारीस समेत गरिसकेको अवस्थामा पनि अन्तिम निर्णयमा पुग्न नसक्नुलाई राजनीतिक खिचातानीका रूपमा हेरिएको छ । सेबोनमा नेतृत्व नहुँदा थुप्रै नीतिगत काम र धितोपत्र निष्कासनसम्बन्धी प्रक्रियाहरू लामो समयदेखि रोकिएका छन् ।

यो पनि पढ्नुहोस्

सेबोन ‘अनिर्णयको बन्दी’ हुँदा सवा ५ अर्बका सामुहिक लगानी कोषहरु नै ‘होल्ड’ मा, पूँजी बजारमाथि दबाब


प्रतिक्रिया दिनुहोस्