ग्रिनलाइन सेन्टरका अग्रवाल काठमाडौंमा, अमितले बैंकलाई फोन गरेर कर्जा तिर्ने प्रतिवद्धता जनाए « Arthapath.com
२७ माघ २०७८, बिहीबार

ग्रिनलाइन सेन्टरका अग्रवाल काठमाडौंमा, अमितले बैंकलाई फोन गरेर कर्जा तिर्ने प्रतिवद्धता जनाए



काठमाडौं । पुषको अन्तिम सातानै फरार रहेका ग्रीनलाइन सेन्टरका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल अन्ततः सम्पर्कमा आएका छन् । काठमाडौँका कुलिन बर्गलाई विदेशी मदिराको स्वाद दिँदै आएका ग्रीनलाइन सेन्टरका सञ्चालक दाजुभाई मिटर व्याजको कर्जा तिर्न नसकेर फरार भएका थिए ।

एक बैंकका सीईओले भने ‘अमित अग्रवाल काठमाडौंमा आएर फोन गरे, सबै कर्जा तिर्छु नेपालमै केही गर्छु’ भनेको ति सीईओले बताए । माघ पहिलो सातादेखी फरार रहेका अग्रवाल परिवार १ महिना नवित्दै सम्पर्कमा आएका छन् ।

अमित आफैले केही बैंकको सीईओलाई फोन गरेर आफ्नो धितो लिलाम नगर्न आग्रह गरेका छन् । आफु पैसा तिर्न राजी भएको बताउँदै व्यापार पुनः माथि उठाउने बताएका छन् । अग्रवाल परिवार फरार भएपछि राजधानीको दरवार मार्गमा रहेको २ ग्रिनलाइन सेन्टर पसलमा नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले स्टिकर टाँसेर बन्द गरेका थिए ।

डिस्टिलरी खोल्न भन्दै विभिन्न समयमा दिएका कर्जाको व्याज नतिरेपछि बैङ्कले जग्गा लिलाम प्रक्रिया अघि बढाएका थिए । नेपाल इन्भेस्टमेन्ट बैङ्कले पनि अग्रवाल दाजुभाइले सञ्चालन गर्दै आएको ग्रिनलाइन सेन्टर दरबार मार्गको दुई पसलमा ताला लगाएको छ । इन्भेस्टमेन्ट बैङ्कले कर्जा तिर्न ताकेता गरेसँगै मेगा बैङ्कले पनि लिलामी प्रक्रिया अघि बढाएको थियो ।

अग्रवाल दाजुभाइको मेगा, इन्भेस्टमेन्ट बैङ्क, ग्लोबल आइएमई बैङ्क र एभरेस्ट बैङ्कको नाममा १ अर्बभन्दा बढी कर्जा तिर्न बाँकी छ । त्यस्तै विभिन्न व्यक्तिबाट मिटर ब्याजमा लिएको ऋणको कुनै रेकर्ड नै छ ।


प्रतिक्रिया दिनुहोस्