नेप्से ३४.९५ अकंले घट्दा कारोबार २ अर्बमा सिमित, ११ उपसूचक राताम्य « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

नेप्से ३४.९५ अकंले घट्दा कारोबार २ अर्बमा सिमित, ११ उपसूचक राताम्य



काठमाडौं । साताको दोस्रो दिन नेप्से ओरालो लागेको छ । साताको पहिलो दिन उच्च अकंले बढेको नेप्से आज भने राताम्य भएको हो ।

सोमबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.९५ अकंले घटेर २३८६.०१ अकंमा बन्द भएको छ । साताको पहिलो दिन स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ९५.४६ अकंले बढेर २४२०.९१ अकंमा बन्द भएको थियो।

पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँको कारोबार भएको छ । आइतबार भने नेप्सेमा सूचीकृत २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँको कारोबार भएको थियो ।

केही साता यता निरन्तर ओरालो लागेको नेप्से हिजो एक्कासी आकाशिएको छ । स्थानिय तहको निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएसँगै पैसाको चहलपहल हुने भएकाले नेप्से बसेको आकंलन विद्हरुले गरेका छन् । हिजो उच्च अकंले बढेको नेप्से आज भने भारी गिरावट आएको छ । सत्ता गठबन्धन दलहरुबीच हुने भनिएको तालमेलमा कयौ जिल्लाहरुबाट असन्तुष्टी पैदा भएसँगै नेप्सेमा पनि त्यसको प्रभाव परेको हो ।

सोमबार नेप्से घट्दा २ वटा समूह बोहक सबै समूहमा राताम्य छाएको छ । आज होटल तथा पर्यटन समूहको ०.१३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.८२ प्रतिशतले शेयर मूल्य बढेको हो त्यस्तै बैंकिङ समूहको १.०२ प्रतिशत, ब्यापार समूहको ०.४१ प्रतिशत, विकास बैंक समूहको २.०४ प्रतिशत, हाइड्रोपावर समूहको १.८७ प्रतिशत, फाइनान्स समूहको १.४७ प्रतिशत, निर्जीवन बीमा समूहको १.३७ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.९६ प्रतिशत, अन्य समूहको २.२६ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५७ प्रतिशत, जिवन बीमा समूहको १.५३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.९६ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्