जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको दोस्रो दिन नेप्से ओरालो लागेको छ । सोमबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.९५ अकंले घटेर २३८६.०१ अकंमा बन्द भएको छ । साताको पहिलो दिन स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ९५.४६ अकंले बढेर २४२०.९१ अकंमा बन्द भएको थियो ।

आज पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार समेत २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँमा सिमित भएको छ ।

आज नेप्से घट्दा कारोबार समेत खुम्चिएको छ । केही महिना अगाडि ८ अर्ब भन्दा कारोबार हुने पूँजी बजारमा आज २ अर्बमा सिमित हुदाँ एक कम्पनीको शेयरमा सर्किट लागेको छ । आज जाल्पा समुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको हो । त्यस्तै सिद्धार्थ इक्वाटी फण्डको ४ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.७१ प्रतिशत, आरबिबि म्युचुअल फण्ड एकको ३.७० प्रतिशत र सामुदायिक लघुवित्तको ३.५६ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीका सेन्ट्रल फाइनान्स रहेको छ । कम्पनीको शेयर आज ५.३३ प्रतिशतले घटेको हो । साथै रसुवागडि हाइड्रोपावरको ४.८० प्रतिशत, न्यादी हाइड्रोपावरको ४.७२ प्रतिशत, समलिङ पावरको ४.४६ प्रतिशत र हिमालयन उर्जा विकासको ४.३४ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्