नेप्सेमा सामान्य सुधार, कारोबार १ अर्बमा खुम्चिदा ९ उपसूचकमा हरियाली « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

नेप्सेमा सामान्य सुधार, कारोबार १ अर्बमा खुम्चिदा ९ उपसूचकमा हरियाली



काठमाडौं । बुधबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१७ अकंले बढेर २३७६.१७ अकंमा बन्द भएको छ । मंगलबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०२ प्रतिशतले घटेर २३७०.९९ अकंमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८ करोड ९९ लाख ९२ हजार २६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा ९ परिसूचकमा हरियाली छाएको छ । बुधबार होटल तथा पर्यटन समूहको १.१९ प्रतिशत, विकास बैंक समूहको १.८२ प्रतिशत, हाइड्रोपावर समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.८२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.२९ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.४ प्रतिशत, अन्य समूहको ०.६२ प्रतिशत, जीवन बीमा समूहको ० प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३८ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै बैकिङ समूहको ०.१८ प्रतिशत, ब्यापार समूहको ०.२५ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.०७ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.६५ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्