जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । हिजो राताम्य भएको नेप्से आज भने सामान्य सुधार आएको छ । बुधबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१७ अकंले बढेर २३७६.१७ अकंमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८ करोड ९९ लाख ९२ हजार २६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सामान्य सुधार आए पनि कारोबार भने खासै सुधार हुन सकेको छैन । केही महिना अगाडि ८ अर्ब भन्दा माथि पुग्ने कारोबार आज भोलि १ अर्ब २ अर्बमा सिमित हुदैछ । निर्वाचन नजिकिए सँगै सरकार परिवर्तनको कारण नेप्से घट्न पुगेको आंकलन गरीएको छ ।

कारोबार १अर्बमा सिमित हुदा जाल्पा सामुदायिक लघुवित्तको शेयरका सर्किट लागेको छ । साथै, नेपाल फाइनान्सको ६.८२ प्रतिशत, राधी विद्युत कम्पनीको ५.५४ प्रतिशत, न्यादी ग्रुप पावरको ४.६५ प्रतिशत र माहुलि लघुवित्तको ३.८८ प्रतिशतले शेयर बढेको हो ।

बुधबार सर्वाधिक गुमाउने कम्पनीमा सानिमा इक्विटी फण्ड रहेको छ । कम्पनीको शेयर आज ३.८८ प्रतिशत, सानिमा लार्न क्याप फण्डको ३.३७ प्रतिशत, माउन्टेन इर्नजि नेपालको ३.१८ प्रतिशत, मानुषि लघुवित्तको ३.११ प्रतिशत र साना किसान लघुवित्तको २.९१ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्