अरुण भ्याली हाइड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

अरुण भ्याली हाइड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । बुधबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१७ अकंले बढेर २३७६.१७ अकंमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सामान्य सुधार आउदा आज कारोबार १ अर्ब ८ करोड ९९ लाख ९२ हजार २६ रुपैयाँमा सिमित भएको छ ।

नेप्सेमा सामान्य सुधार आउदा समेत कारोबार भने खुम्चिएको छ । आज कारोबार १ अर्ब ८ करोडमा सिमित हुदाँ अरुण भ्याली हाइड्रोपावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड २१ लाख १३ हजार रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको ३ करोड ८० लाख ५० हजार रुपैयाँ, नेपाल फाइनान्सको ३ करोड ३६ लाख २ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड २६ लाख ४८ हजार र एनआइसी एशिया बैंकको २ करोड ८८ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्