नेप्से ४८.७३ अकंले घट्दा कारोबार १ अर्ब ४२ करोडमा सिमित, १३ वटै उपसूचक राताम्य « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

नेप्से ४८.७३ अकंले घट्दा कारोबार १ अर्ब ४२ करोडमा सिमित, १३ वटै उपसूचक राताम्य



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा राताम्य भएकोा छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.७३ अकंले घटेर २३०७.४४ अकंमा बन्द भएको छ । बिहिबार नेप्से २० अकंले घटेर २३५६.१७ अकंमा बन्द भएको थियो ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँको कारोबार भएको थियो ।

सोमबार नेप्से राताम्य हुदाँ कारोबार समेत खुम्चिएको छ । कारोबार १ अर्ब ४२ करोड रुपैयाँमा सिमित हुदाँ १३ उपसूचक राताम्य भएका छन् ।

मंगलबार बैंकिङ समूहको १.०३ प्रतिशत, ब्यापार समूहको १.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.७ प्रतिशत, विकास बैंक समूहको ३.०८ प्रतिशत, हाइड्रोपावर समूहको ३.५८ प्रतिशत, फाइनान्स समूहको ४.२४ प्रतिशत, निर्जीवन बीमा समूहको २.०४ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २.०४ प्रतिशत, अन्य समूहको ३.३८ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.४५ प्रतिशत, जीवन बीमा समूहको २.७२ प्रतिशत, म्युचुअल फण्डको ०.६३ प्रतिशत र म्युचुअल समूहको २.२३ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्