जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.७३ अकंले घटेर २३०७.४४ अकंमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँमा सिमित भएको हो ।

नेप्से घट्दा कारोबार समेत खुम्चिएको छ । कारोबार खुम्चिए पनि आज जाल्पा सामुदायिक लघुवित्तको शेयरमा भने सिर्किट लागेको छ । साथै, सपोर्ट माइक्रोफाइनान्सको २ प्रतिशत, सामुदायिक लघुवित्तको २ प्रतिशत, १०.२५ प्रतिशत केबिएल डिबेञ्चरको १.९४ प्रतिशत र सबैंको लघुवित्तको १.८६ प्रतिशतले बढेको छ ।

नेपाल फाइनान्सको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । साथै, यूनिलिभर हाइड्रोपावरको ८.७७ प्रतिशत, दिब्यशोवरी हाइड्रोपावरको ८.२० प्रतिशत, माउन्टेन इर्नर्जि नेपालको ६.७६ प्रतिशत र लिबेट्री इर्नर्जीको ६.६९ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्