जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७६ अकंले घटेर २२७५.६८ अकंमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्से ४८.७३ अकंले घटेर २३०७.४४ अकंमा बन्द भएको थियो ।

बुधबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से घटेर कारोबार समेत खुम्चिदा जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । साथै, अरुण हाइड्रोपावरको ४.४५ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को २.३५ प्रतिशत, सानिमा डिबेञ्चरको १.९१ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको १.८८ प्रतिशत, नेपाल फाइनान्स समूहको १.८७ प्रतिशत र प्रिमियर इन्भेष्टमेन्टको १.७८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सर्वाधिक गुमाउने कम्पनीमा ग्रीन भेन्र्चस रहेको छ । कम्पनीको शेयर ९.३६ प्रतिशतले घटेको हो । साथै, यूनियन हाइड्रोपावरको ५.७७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.३८ प्रतिशत, नेशनल हाइड्रो पावरको ५.३६ र बुद्धभुमि नेपाल हाइड्रोपावरको ५.३५ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्