नेप्से ३७.०६ अकंले घट्दा कारोबार १ अर्ब ६५ करोडमा सिमित, १३ वटै उपसूचक राताम्य « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

नेप्से ३७.०६ अकंले घट्दा कारोबार १ अर्ब ६५ करोडमा सिमित, १३ वटै उपसूचक राताम्य



काठमाडौं । नेप्से लगातार ओरालो लागे रहेको छ । साताको अन्तिम कारोबारको दिन पनि नेप्से राताम्य भएको हो ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.०६ अकंले घटेर २२३८.६२ अकंमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७६ अकंले घटेर २२७५.६८ अकंमा बन्द भएको थियो ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको थियो ।

केही महिना यता नेप्सेमा आसै सुधार आउन सकेको छैन । निरन्तर नेप्से ओरालो लाग्दा कारोबार पनि खस्किदै छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा नेप्सेमा राताम्य छाएको हो ।

नेप्से घटेर कारोबार समेत खुम्चिदा आज १३ वटै उपसूचकमा राताम्य छाएको छ । बिहिबार बैंकिङ समूहको १.०३ प्रतिशत, ब्यापार समूहको २.३९ प्रतिशत, होटल पर्यटन समूहको २.०१ प्रतिशत, विकास बैंक समूहको २.२६ प्रतिशत, हाइड्रोपावर समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको २.९३ प्रतिशत, निर्जीवन बीमा समूहको २.५८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.०५ प्रतिशत, अन्य समूहको १.१८ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५८ प्रतिशत, जीवन बीमा समूहको २.१७ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.१८ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्