सूर्या लाइफ इन्स्योरेन्स सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

सूर्या लाइफ इन्स्योरेन्स सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.०६ अकंले घटेर २२३८.६२ अकंमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७६ अकंले घटेर २२७५.६८ अकंमा बन्द भएको थियो ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच भएको छ । नेप्से घट्दा कारोबार समेत १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँमा सिमित भएको हो ।

नेप्से घटेर कारोबार पनि खुम्चिदा सूर्या लाइफ इन्स्योरेन्सको शेयर आज सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ४५ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकको ६ करोड ७३ लाख ६१ हजार, नबिल बैंकको ४ करोड ५२ लाख ९ हजार, हिमालयन डिस्टलरीको ४ करोड ४४ लाख ६५ हजार र अरुण भ्याली हाइड्रोपावरको ४ करोड १२ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्