नेप्से १७.९५ अकंले बढ्दा कारोबार १ अर्ब ३२ करोडमा सिमित, ११ उपसूचकमा हरियाली « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

नेप्से १७.९५ अकंले बढ्दा कारोबार १ अर्ब ३२ करोडमा सिमित, ११ उपसूचकमा हरियाली



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९५ अकंले बढेर २२५६.५७ अकंमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.०६ अकंले घटेर २२३८.६२ अकंमा बन्द भएको थियो ।

आइतबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँको कारोबार भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँको कारोबार भएको थियो ।

केही साता यता भारी अंकले घटि रहेको नेप्सेमा आज भने सुधार आएको छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा तथा नेपाली राजनीतिमा भइरहेको उतावचडाबका बीच नेप्सेमा आसै सुधार आउन सकेको छैन । साताको पहिलो दिन आज भने नेप्सेमा हरियाली छाएको हो ।

आज नेप्सेमा सुधार आउदा ११ उसूचकमा हरियाली छाएको छ । आइतबार ब्यापार समूहको ०.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५ प्रतिशत, विकास बैंक समूहको २.८४ प्रतिशत, हाइड्रोपावर समूहको २.७१ प्रतिशत, फाइनान्स समूहको ३.३५ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०९ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.२२ प्रतिशत, अन्य समूहको २.११ प्रतिशत, जीवन बीमा समूहको ०.३३ प्रतिशत, म्युचुअल फण्डको ०.४६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.०५ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै, बैंकिङ समूहको ०.१७ प्रतिशत र माइक्रोफाइनान्स समूहको ० प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्