साताको पहिलो दिन यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

साताको पहिलो दिन यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९५ अकंले बढेर २२५६.५७ अकंमा बन्द भएको छ । आइतबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेमा सुधार आउदा आज कारोबार भने खुम्चिएको छ । आज कारोबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँमा सिमित भएको हो ।

नेप्सेमा सुधार आउदा आज जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । साथै, घलेम्दी हाइड्रोको ८.८२ प्रतिशत, माउन्टेन इर्नजि नेपालको ८.६६ प्रतिशत, हिमालयन उर्जा विकासको ७.५८ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.०८ प्रतिशत र साहास उर्जाको ६.५१ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आइतबार उन्नती सहकार्य लघुवित्तले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ४.९२ प्रतिशतले घटेको छ । साथै, एनआईसि सेलेक्ट फण्ड ३० को ४.०६ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको ३.५४ प्रतिशत, रुरु जलविद्युत प्रयोजनाको ३.१२ प्रतिशत, ग्रामिण विकास लघुवित्तको २.५७ प्रतिशत र आरएमडिसी लघुवित्तको २.३१ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्