बजार घट्दा पनि तीन कम्पनीका लगानीकर्ता मालामाल, कसले कति कमाए ?
काठमडौं । साताको दोस्रो कारोबार दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ५०० रुपैयाँ वृद्धि भएको हो । योसँगै कम्पनीको सेयर भाउ प्रतिकित्ता ५ हजार ५०० रुपैयाँ कायम भएको छ।
यस्तै, उक्त दिन हिमालयन हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ४६.७० रुपैयाँ बढेर ५१४.२० रुपैयाँ पुगेको छ ।
यता, जनउत्थान सामूदायिक लघुवित्तको सेयर मूल्य पनि ९.९२ प्रतिशत वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५३ रुपैयाँ वृद्धि भई १ हजार ६९५ रुपैयाँ कायम भएको छ।
आज रावा इनर्जी, राप्त हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, अपर लोहरे खोला हाइड्रोपावर लगायतका लगानीकर्ताले कमाएका छन् ।