यी हुन् आज कमाउने ५४ कम्पनीहरु
काठमाडौँ । आज ५४ कम्पनीको मात्र सेयर मूल्यमा सामान्य सुधार आएको छ । आज २१५ कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।
बजार आज १४.२९ अकंले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ । आज २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार महुली लघुवित्तको ६.०५ प्रतिशत, एभरेष्ट बैंकको ३.९० प्रतिशत, ह्याथवे इन्भेष्टमेन्टको ३.४५ प्रतिशत र किसान लघुवित्तको २.७९ प्रतिशतले सेयर मूल्य घटेको छ ।