ओटीसी बजारमा पहिलो त्रैमासमा १ अर्ब ७१ करोडको कारोबार « Arthapath.com
१४ कार्तिक २०८०, मंगलवार

ओटीसी बजारमा पहिलो त्रैमासमा १ अर्ब ७१ करोडको कारोबार



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेन्ज नेप्सेको ओटीसी बजार मार्फत १ अर्ब ७१ करोड बढीको कारोबार भएको छ। सो अवधिमा २३ कम्पनीहरुको १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर खरिदबिक्री भएको हो ।

ओटीसी बजारमा कारोबार भएका कम्पनी मध्ये वल्डलिंक कम्युनिकेशनको सेयर मूल्य सबैभन्दा धेरै महँगो रहेको छ । आइएमई डिजिटल सोलुसन्सको सबैभन्दा धेरै ४० करोड ८ लाख ९८ हजार ४०० रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्