५८ कम्पनीको मात्र सेयर मूल्यमा सामान्य सुधार

काठमाडौँ । बिहिबार बजार दोहोरो अकंले ओरालो लागेको छ । बजारको ओरालो यात्राले लगानीकर्ता निराश बनेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ । कारोबार आज १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।
बजार घटेपनि ५८ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । आज रुरु जलविद्युतको ५.६३ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.८७ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड २ को ३.५२ प्रतिशतले बढेको छ ।

