३ कम्पनीको सेयरमा नकारात्मक सर्किट, १६५ कम्पनीको मूल्य घट्यो
काठमाडौँ । साताको पहिलो कारोबारको दिन समेत बजार ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश भएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२९ अकंले घटेर १८५१.२३ बिन्दुमा बन्द भएकोछ । आइतबार २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । आइतबार माउन्टेन इनर्जी, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
बजार ओरालो लागेसँगै १६५ कम्पनीको सेयर मूल्य घटेको छ ।