बुधबार यी १० कम्पनीले सर्वाधिक कमाए–गुमाए « Arthapath.com
२० मंसिर २०८०, बुधबार

बुधबार यी १० कम्पनीले सर्वाधिक कमाए–गुमाए



काठमाडौँ । सात दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । बजारमा सामान्य सुधार आएको हो ।

बजार आज ३.३३ अकंले बढेर १८४१.०४ बिन्दुमा बन्द भएको छ । बुधबार २९३ कम्पनीको ३७ लाख ५५ हजार १२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ग्लोबल आइएमई लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, विजय लघुवित्तको ८.०७ प्रतिशत, मन्दाकीनि हाइड्रोपावरको ७.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिन्गटी हाइड्रोको ९.१३ प्रतिशत, सनराइज ब्लुचिपको ५.७३ प्रतिशत र हिमालयन डिबेञ्चरको ५.६६ प्रतिशतले सेयर मूल्य घटेकोछ ।


प्रतिक्रिया दिनुहोस्