नेप्सेमा उतार–चढाव, २ घण्टा मै साढे २ अर्बको कारोबार « Arthapath.com
१ पुष २०८०, आईतवार

नेप्सेमा उतार–चढाव, २ घण्टा मै साढे २ अर्बको कारोबार



काठमाडौँ । सेयर बजारमा उतार–चढाव आएकोछ । एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा कर लाग्ने र नलाग्ने विवादबीच अदालतले कर लगाउन पाउने फैसला दिएपछि सेयर बजार प्रभावित भएको हो ।

कारोबार खुलेको २ घण्टा मै करिब साढे २ अर्बको कारोबार भएको छ । बिक्री गर्नेहरु हाबि हुँदा बजार पनि घट्न पुगेको छ । यो समाचार तयार पर्दा (१२ः५७ बजे) सम्म २ अर्ब ४३ करोड १२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा समेत उच्च अकंको उतार–चढाव देखि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्