१३ कम्पनीको सेयरमा सर्किट, २०६ कम्पनीको मूल्य बढ्यो

काठमाडौँ । साताको पहिलो दिन २०६ कम्पनीको सेयर मूल्य बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्य सुधार आउँदा १३ कम्पनीको सेयरमा सर्किट लागेको हो ।
नेप्से आज २७.७५ अकंले बढेर २०२२.३५ बिन्दुमा बन्द भएको हो । आइतबार २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार बोटलर्स नेपाल (बालाजु), रिडि पावर, शिव श्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, विन्ध्याबासिनि हाइड्रोपावर लगायत १३ कम्पनीको सेयरमा सर्किट लागेको हो ।

