१२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ? « Arthapath.com
३ पुष २०८०, मंगलवार

१२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?



काठमाडौँ । सेयर बजार लगातार छैटौ दिन समेत सुधार आएको छ । बजार निरन्तर उकालो लाग्दा कम्पनीको सेयर मूल्यमा समेत सुधार भइरहेको छ ।

आज १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो । मंगलबार ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराहि सिमेन्ट, ह्थावे इन्भेष्टमेन्ट, मिडल सोलु हाइड्रोपावर, सोनापुर मिनिल्सर, बिपिडब्लु लगायत १२ उपसूचकमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्