चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ? « Arthapath.com
१७ पुष २०८०, मंगलवार

चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?



काठमाडौँ । चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार दोहोरो अकंले ओरालो लागेपनि चार कम्पनीको सेयरमा भने सर्किट लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०५ अकंले घटेर २०३०.१० बिन्दुमा बन्द भएको छ । मंगलबार ३ अर्ब ९९ करोड ७३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

चिर्ख्वा हाइड्रो पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउसिङ कम्पनी र लक्ष्मी लघुवित्तको सेयरमा सर्किट लागेकोहो ।


प्रतिक्रिया दिनुहोस्