सेयर बजारमा उच्च गिरावट, २४ सयको लाइन झर्यो परिसूचक « Arthapath.com
८ आश्विन २०८१, मंगलवार

सेयर बजारमा उच्च गिरावट, २४ सयको लाइन झर्यो परिसूचक



काठमाडौं । सेयर बजारमा गिरावट कायमै रहेको छ । मंगलबार पनि बजार भारी अंकले घटेको छ ।

उक्त दिन बजार ५८.९३ अंकले घटेको छ । आज बजार परिसूचक २५ सय तल झरेको छ । आज परिसूचक २ हजार ४७०.३९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्य बनेका छन् ।

आज कारोबार रकममा भने झिनो सुधार देखिएको छ । आज कुल ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक १८ करोड ४१ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, सानिमा रिलायन्स लाइफको पनि १७ करोड ५९ लाख १० हजार, हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाख ६३ हजार र अपि पावरको १३ करोड ५५ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्