सेयर बजारमा उछाल, एकैदिन ५६.०९ अंक बढ्यो
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आइतबार एकैदिन बजार ५६.०९ अंकले वृद्धि भएको हो ।
साताको पहिलो कारोबार दिन बजार परिसूचक २ हजार ६५३.५८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् । आज पनि फाइनान्स समूह ६.३० प्रतिशत वृद्धि भएको छ ।
गत बुधवार भने बजार २६.०७ अंकले घटेको थियो । तर, आज भने एकाएक उछाल आएको छ । बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भएको छ ।
उक्त दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट २५ करोड ५७ लाख, नेपाल फाइनान्सको १५ करोड ९९ लाख र गुडविल फाइनान्सको १५ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।