तिहारको मुखैमा कुन कुन कम्पनीले बनाए लगानीकर्ता मालामाल ? « Arthapath.com
१३ कार्तिक २०८१, मंगलवार

तिहारको मुखैमा कुन कुन कम्पनीले बनाए लगानीकर्ता मालामाल ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य भाउ १० प्रतिशत वृद्धि भएको हो ।

उक्त दिन सप्तकोशीको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँ वृद्धि भई ६२७ रुपैयाँ पुगेको छ । यता, सानिमा जिआइसीको प्रतिकित्ता ६४.५० रुपैयाँ बढेर ७०९.५० रुपैयाँ र कुथेलीको प्रतिकित्ता २३५.५० रुपैयाँ वृद्धि भई २ हजार ५९०.५० रुपैयाँ पुगेको छ ।

उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर भाउ पनि ९.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ९०.७० रुपैयाँ बढेर ९९९.५० रुपैयाँ, समाज लघुवित्तको ९.१८ प्रतिशत बढेर ३ हजार ६२९ रुपैयाँ कायम भएको छ ।

यस्तै, माउनटेन इनर्जीको ७.३४ प्रतिशत, खानीखोला हाइड्रोपावरको ६.७४ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६.५८ प्रतिशत, ग्रीन डेभलपमेन्ट ६.०२ प्रतिशत वृद्धि भएको छ ।

उक्त दिन यी कम्पनीसहित आइजीप्रडेन्सियल इन्स्योरेन्स, सिटिजन्स म्युचुअल फन्ड, आरविवि म्युचुअल फन्ड–२ , लक्ष्मी लघुवित्त, पिपुल्स हाइड्रोपावर, युनाईटेड मोदी लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्