तिहार अघि यी कम्पनीका लगानीकर्ता भए मालामाल, कसले कति कमाए ?
काठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बुधवार गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावर सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।
आज गुराँस लघुवित्तको सेयर भाउ प्रतिकित्ता १० प्रतिशत अर्थात् प्रतिकित्ता १६१.७० रुपैयाँ वृद्धि भई १ हजार ७७८.८० रुपैयाँ, मिड सोलुको प्रतिकित्ता ९६.५० रुपैयाँ वृद्धि भई १ हजार ६१.७० रुपैयाा र अपर स्याङ्गेको ७९.२० रुपैयाँ बढेर ८७२ रुपैयाँ पुगेको छ।
यता, उक्त दिन कुथेली बुखरीको सेयर भाउ पनि सर्किट लेभल अर्थात् ९.९८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता २५८.५० रुपैयाँ बढेर २ हजार ८४९ रुपैयाा कायम भएको छ ।
आज पनि सानिमा जिआइसी इन्स्योरेन्सको सेयर मूल्य ९.७२ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.९२ प्रतिशत, नेपाल फाइनान्सको ७.१४ प्रतिशत वृद्धि भएको छ । उक्त दिन यी कम्पनीहरुसहित स्ट्याण्डर्ड चार्टर्ड, बलेफी हाइड्रोपावर, सोल्टी होटेल, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड लगायतका लगानीकर्ताल कमाएका छन् ।