पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, आज कसले कति कमाए ?
काठमाडौं । सुपर माइ हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
तिहारपछि खुलेको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको आज प्रतिकित्ता १०३.७० रुपैयाँ वृद्धि भई १ हजार १४०.७० रुपैयाँ कायम भएको छ।
यस्तै, समाज लघुवित्तको सेयर मूल्य पनि ९.९५ प्रतिशत अर्थात् प्रतिकित्ता ३६७ रुपैयाँ वृद्धि भई ४ हजार ५७ रुपैयाँ, युनाईटेड मोदी हाइड्रोपावरको ९.५१ प्रतिशत अर्थात् ३२.३० रुपैयाँ बढेर ३७२ रुपैयाँ कायम भएको छ । यता, गुराँस लघुवित्तको सेयर मूल्य पनि ९.३२ प्रतिशत अर्थात् प्रतिकित्ता १६५.७० रुपैयाँ बढेर १ हजार ९४४.५० रुपैयाँ पुगेको छ ।
आज रसुवागढी हाइड्रोपावरको ८.७५ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फन्ड–३०को ८.०२ प्रतिशत, साञ्जेन जलविद्युतको ७.३९, बलेफी हाइड्रोपावरको ६.२५ प्रतिशत वृद्धि भएको छ ।