लगातर तीन दिनको उकालो यात्रामा ब्रेक, बजारसँगै घट्यो कारोबार रकम « Arthapath.com
१३ मंसिर २०८१, बिहीबार

लगातर तीन दिनको उकालो यात्रामा ब्रेक, बजारसँगै घट्यो कारोबार रकम



काठमाडौं । बिहीबार सेयर बजारमा करेक्न देखिएको छ । लगातार तीनको बढोत्तरीपछि आज बजार घटेको छ ।

साताको अन्तिम कारोबार दिन बजार ८.३० अंकले घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार ७४८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । तर, बिहीबार विकास बैंक समूह ६१.१० अंक वृद्धि भएको छ । यस्तै, जीवन बीमा समूह पनि ६३.४९ अंक र व्यापार समूह ३५८.३३ अंक वृद्धि भएको छ । यी चार बाहेकका अन्य समूहहरु घटेका छन् ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । बुधवार ९ अर्ब बढीको कारोबार भएको थियो । तर, आज घटेर ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँमा सिमित भएको छ । आज १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन एक्सेल डेभलपमेन्टको सर्वाधिक ३१ करोड ८ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, आज नेपाल फाइनान्सको २९ करोड ७४ लाख, मितेरी डेभलपमेन्टको २७ करोड ९४ लाख, जानकी फाइनान्सको २३ करोड १६ लाख, न्यादी ग्रुप पावरको २० करोड ३३ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको पनि २० करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्