एभरेष्ट, कामना सेवासहित चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

एभरेष्ट, कामना सेवासहित चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । बुधवार एकैदिन चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई बैंकसहित चार कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा एभरेष्ट बैंकको १० प्रतिशत बापतको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता, कामना सेवा विकास बैंकको ७ प्रतिशत बापत २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, अपि पावरको ५ प्रतिशत बापतको २८ लाख ९३ हजार २९८.९५६ कित्ता र सीइडीबी होल्डिङ्गको ११ प्रतिशत बापत १० लाख २४ हजार ९१९.६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्