लगातार ६ दिनको उकालो यात्रापछि सेयर बजारमा करेक्सन, आज दोहोरो अंकको गिवरावट « Arthapath.com
२५ पुष २०८१, बिहीबार

लगातार ६ दिनको उकालो यात्रापछि सेयर बजारमा करेक्सन, आज दोहोरो अंकको गिवरावट



काठमाडौं । लगातार ६ दिनको उकालो यात्रा पनि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकले घटेको छ ।

बुधवार ६.३८ अंक, मंगलबार ६.१६ अंक, सोमबार ४९.१२ अंक र गत आइतबार ४.६३ अंक बढेको थियो ।

बिहीबार बजार १८.१९ अंक घटेको हो । आज बजार परिसूचक २ हजार ६३५.०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटल तथा पर्यटन समूह ६६.२९ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।

बजार घटेपनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्