बजार दोहोरो अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल, प्रतिकित्ता कसले कति कमाए ?
काठमाडौं । बिहीबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।
आज बाराहीका लगानीकर्ताले प्रतिकित्ता ७७ रुपैयाँ कमाएका छन् भने हिमालय पावरका लगानीकर्ताले भने प्रतिकित्ता ४१.३० रुपैयाँ कमाएका छन् ।
साताको अन्तिम कारोबार रिभर फल्स पावरको सेयर भाउ ८.१९ प्रतिशत, न्यादी हाइड्रोपावरको ८.११ प्रतिशत वृद्धि भएको छ ।
आज कुमारी बैंकको ऋणपत्र ( १० केबिएल डिबेन्चर २०९०), सिनर्जी पावर, सिन्धु विकास बैंक, एनआइसी एशिया ब्यालेन्सड फन्ड लगायतका लगानीकर्ताले कमाएका छन् ।