अधिकांश हाइड्रोपावरका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको सेयर भाउ कति बढ्यो ?

काठमाडौं । दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बुधवार कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१.३० रुपैयाँ वृद्धि भई ७८४.६० रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त दिन सुपर मादी हाइड्रोपावरको ९.८१ प्रतिशत, बाराही हाइड्रोपावरको ८.३० प्रतिशत, स्वेतगंगाको ८.१९ प्रतिशत, खानीखोलाको ७.९२, भुगोल इनर्जीको ७.७४ प्रतिशत वृद्धि भएको छ।
आज यी कम्पीहरुसहित नारायणी डेभलपमेन्ट, पिपुल्स हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट, नेपाल हाइड्रो लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

