थप एक कम्पनीको साढे १० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
३ माघ २०८१, बिहीबार

थप एक कम्पनीको साढे १० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेमा बिहीबार कम्पनीको १० लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सोही बापतको सेयर सूचीकृत गराएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्