दोहोरो अंकले बढ्यो सेयर बजार, परिसूचक २६ सय माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंक बढेको छ । आइतबार बजार १२.५८ अंक बढेको हो ।
उक्त दिन बजार परिसूचक २ हजार ६०१.२१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटेल तथा पर्यटन समूह ५.३८ अंक, व्यापार समूह ५.९१ र म्युचुअल फन्ड ०.०९ अंक घटेको छ । यी बाहेकका अन्य समूह भने हरियाली बनेका छन् ।

गत बिहीबार भने बजार ७.३३ अंक घटेको थियो । आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।