नेप्सेबाट बाहिरिए सीईओ कार्की, कामु सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की बाहिरिएका छन् । २०७८ माघ २० गते सीईओमा नियुक्त भएका कार्की कार्यकाल सकिएपछि माघ २५ गते नेप्सेबाट बाहिरिएका हुन् ।
उनी तत्कालिन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएर राजीनामा दिएपछि बाँकी अवधिका लागि कार्की नियुक्त भएका थिए ।
कार्की बाहिरिएपछि सञ्चालक समिति बैठकले कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । प्रबन्धक पदमा कार्यरत फुयाललाई माघ २५ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।