ओरियन्टल होटल्सको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ? « Arthapath.com
२८ भाद्र २०८१, शुक्रबार

ओरियन्टल होटल्सको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?



काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । होटेलले आफ्ना सेयरधनीलाई ५.२६३१६ प्रतिशत लाभांश दिने भएको हो ।

भदौ २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३१६ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्न होटलले असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा लाभांश पारित गर्ने नै मुख्य एजेन्डा रहेको छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु सभामा पारित हुनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले असोज ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्