एकैदिन थप चार कम्पनीको लाभांश घोषणा, कसको बोनस र नगद कति ? « Arthapath.com
१४ कार्तिक २०८१, बुधबार

एकैदिन थप चार कम्पनीको लाभांश घोषणा, कसको बोनस र नगद कति ?



काठमाडौं । बुधवार एकैदिन चार कम्पनीले लाभांश घोषणा गरेका छन् । नबिल बैंकसहित चार वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

आज नबिल बैंक, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, सोल्टी होटल र विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।

नबिलले यो वर्ष आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले करसहित सो दरमा नगद लाभांश वितरण गर्ने भएको हो ।

यो वर्ष फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले भने सेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, सोल्टी होटलले भने यो वर्ष ३६.८४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। होटेलले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यता, विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भने आफ्ना सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरको छ । यद्यपि बोनस र नगद कति भन्ने बारे कम्पनी खुलाएको छैन ।


प्रतिक्रिया दिनुहोस्