दुई कम्पनीको १५ प्रतिशत र ५.२६३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । आज अर्थात् कात्तिक २१ गते बुधबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।
आज सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि अगाीमा आइतबार (कात्तिक २५ गते) बुक क्लोज गर्दैछन् । तर, भोलि बिहीबार छठको बिदा भएकाले पनि आजसमम कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो वर्ष सानिमा बैंकले आफ्ना सेयरधनीलाई ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सो प्रस्ताव पारित गर्न बैंकले आगामी मंसिर ४ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ ।
यता, आशा लघुवित्तले पनि यो वर्ष आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर ७ गते साधारण सभा डाकेको छ ।