बोटलर्स नेपालको ५० प्रतिशत लाभांश आज पारित हुँदै
काठमाडौं । बोटलर्स नेपाल (तराई) ले आज शुक्रबार वार्षिक साधारणसभा बोलाएका छ । कम्पनीको साधारणसभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
बोटलर्स नेपाल (बालाजु)को साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा साँझ ४ बजे सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।