विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
८ फाल्गुन २०८१, बिहीबार

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथ लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन ९ गते बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत अन्तरिम नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न आगामी फागुन २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस्