नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
६ चैत्र २०८१, बुधबार

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत ७ गते बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

लाभांश पारित गर्न चैत १९ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा ७६ औँ वार्षिक साधारण सभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्