कति पाउला त सिक्लेस हाइड्रोपावरको आईपीओले ओपन रेञ्ज ? यस्तो आयो संकेत « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

कति पाउला त सिक्लेस हाइड्रोपावरको आईपीओले ओपन रेञ्ज ? यस्तो आयो संकेत



काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँड भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यलयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण गरिएको थियो । कम्पनीको आईपीओ १ लख ५ हजार ८ सय जनाले १०/१० कित्ता दरले पाएका छन् ।

कम्पनीको आईपीओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको छ ।

१५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेका थिए । बाँकी १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट सेयर वितरण गर्दा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका हुन् भने १४ लाख भन्दा बढी आवेदकको हात रित्तो भएको छ । अब कम्पनीको आईपीओ सूचीकरणका प्रक्रियामा जानेछ ।

कम्पनीको आईपीओ पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसासम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८२ पैसा रहेको छ । जसका आधारमा उक्त रेञ्ज पाउने भएको हो । नेप्सेले पहिलो कारोबारको लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीको आईपीओले ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसाम्म ओपन रेञ्ज पाउने भएको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्