२ सय ९१ मा कारोवार सुरुभयो अजोड इन्स्योरेन्सको सेयर « Arthapath.com
१८ श्रावण २०७७, आईतवार

२ सय ९१ मा कारोवार सुरुभयो अजोड इन्स्योरेन्सको सेयर



काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर आज आइतबारदेखी कारोवार सुरु भएको छ । प्रतिकित्ता १९१ रुपैयाँमा अजोडको सेयर कारोवार भएको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेमा सेयर सुचिकृत भएको ४ दिनपछि आइतबारदेखीनै कारोवार सुरु भएको हो ।

अजोड इन्स्योरेन्सको एक करोड कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत भएको थियो । आइतबार १ सय ३० कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । नेप्सेबाट सेयर कारोवारको लागी एआईएल संकेत पाएको छ । अजोडको सेयर कारोबारको लागी नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ कारोबारको प्रिओपनिङको रेन्ज तोकिएको छ ।

कम्पनीले असार २५ गते बिहिबार देखि जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्