भदौ ४ देखि रिलायन्स लाइफको आइपीओ खुल्ने « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

भदौ ४ देखि रिलायन्स लाइफको आइपीओ खुल्ने



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि ५६ हजार ७० कित्ता सेयर बिक्री गर्न लागेको छ ।
कम्पनीले आफनो जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।


सर्वसाधारणले प्रतिकित्ता एक सय रुपैयाँमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपिओ बिक्री नभएमा ढिलो अवधिमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदकहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।


कम्पनीले आइपिओ बिक्रीका लागि बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ।


प्रतिक्रिया दिनुहोस्