लिवर्टी इनर्जी कम्पनीको सेयर आजबाट बिक्री खुला « Arthapath.com
३ भाद्र २०७७, बुधबार

लिवर्टी इनर्जी कम्पनीको सेयर आजबाट बिक्री खुला



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले सर्वसाधारणहरुको लागि शेयर विक्री आजबाट खुल्ला भएको छ ।
बम्पनीले बढिमा २,००,००० कित्ता सम्म दरखास्त दिन सकिने गरि ३५लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा विक्री गर्न लागेको हो ।


कम्पनीले जारी पुँजीको २५ प्रतिशतको ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरुको लागि निष्कासन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वासाधारणलाई आइपिओ निष्कासन गरेको छ ।


साधारण शेयरको धितोपत्र निस्काशन तथाविक्री प्रवन्धक एनआईबिएलएस क्यापिटल लि. रहेको छ ।
सेयरमा भदौ ७ गते सम्म आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्